टिम चेसमा ललितपुर महानगरपालिकाको अग्रता

२१ मंसिर, ललितपुर। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ८औँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप ललितपुरमा सुरु भएको छ। प्रतियोगिताको शुभारम्भ बाग्मती प्रदेश सभाका सदस्य माननीय रघुनाथ महर्जनले चेस गोटी चालेर गरेका हुन्।

__________ बिज्ञापन____________

आठौँ संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा आइतबार शीर्ष खेलाडीहरू सम्मिलित २२ टोलिले सहभागिता जनाएका छन्।

प्रथम दिनको खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौं चेस क्लबमाथि जित दर्ता गर्‍यो। त्यस्तै, ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै विजयी बनेको छ।

स्पर्धामा साबिक विजेता थापाथली चेस पार्कले सुदूरपश्चिम बुद्धिचाल संघलाई पराजित गर्दा, दोलखा चेस होमले गोदावरी नगरपालिकालाई हरायो। पेभिलोन चेस एकेडेमीले ललितपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै अगाडि बढेको छ।

 

यस्तै, मध्यपुर थिमी नगर चेसले हिमालयन चेस एकेडेमीलाई, कास्की जिल्ला बुद्धिचाल संघले पुल्चोक इञ्जिनियरिङ क्याम्पसलाई र महालक्ष्मी नगरपालिकाले पूर्वेली ब्रदर्सलाई हारको सामना गराए।

 

ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजमा पाँच दिनसम्म सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपका विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले १ लाख, तृतीय हुनेले ६० हजार र चौथो स्थान हासिल गर्ने टिमले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। पाँचौँदेखि सातौँ स्थानसम्मका टिमले समान २० हजार पाउने व्यवस्था छ। त्यस्तै, व्यक्तिगत उत्कृष्ट पाँच खेलाडीले जनही १० हजार पुरस्कार प्राप्त गर्नेछन्।

 

उद्घाटन समारोहमा मन्तव्य राख्दै माननीय रघुनाथ महर्जनले बाग्मती प्रदेश सरकारले खेलकुदप्रति गम्भीर चासो राख्दै बौद्धिक खेलको प्रवर्द्धन तथा खेलाडीको स्तर उन्नतिका लागि बजेट व्यवस्था गरेको जानकारी गराए।

 

कार्यक्रममा तुल्सीलाल प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा र नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले शुभकामना व्यक्त गरे। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको सक्रियतामा सञ्चालन भइरहेको प्रतियोगितामा भोलि दुई चरणका खेल हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन