प्याब्सन धादिङद्वारा अन्तर–विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ, गल्छी खबर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङको आयोजनामा अन्तर-विद्यालय स्तरीय हाजिरी जवाफ (क्वीज) प्रतियोगिता जिल्लाको शान्तिदीप एकेडेमीमा सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाका विभिन्न १३ विद्यालयको सहभागिता रहेको थियो।

__________ बिज्ञापन____________

 

प्याब्सन धादिङका ईसीए इन्चार्ज सञ्जीव गजुरेलका अनुसार प्रतियोगिता तिन चरणमा सञ्चालन गरिएको थियो। सामान्य ज्ञान, छिटो उत्तर, बजार तथा प्रतिस्पर्धात्मक राउन्डमार्फत विद्यार्थीहरूको बौद्धिक क्षमताको परीक्षण गरिएको थियो।

 

प्रतियोगितामा सक्सेस एकेडेमी प्रथम, मुनाल एकेडेमी द्वितीय र शान्तिदीप एकेडेमी तृतीय स्थानमा रहेका छन्। यसैगरी ब्लुमिङ लोटस माध्यमिक विद्यालय र धुनिवेसी माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन्।

 

कार्यक्रममा धुनिवेसी नगरपालिकाका उपमेयर सुरज उप्रेति प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभयो। विद्यार्थीहरूमा बौद्धिक विकास, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्न यस्ता गतिविधि प्रभावकारी हुने उल्लेख गर्दै उहाँले विद्यालयस्तरमै यस्ता कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

 

प्याब्सन धादिङका अनुसार प्रतियोगितामा विजयी टिमले अब प्याब्सन वागमती प्रदेश कार्यसमितिले आयोजना गर्ने हाजिरी जवाफ प्रतियोगितामा धादिङ जिल्लाको प्रतिनिधित्व गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन